दफा १२९
मुद्दाको पुर्पक्ष खुला इजलासमा गर्नु पर्ने
अदालतले मुद्दाको पुर्पक्ष गर्दा खुला इजलासमा गर्नु पर्नेछ ।
तर जासुसी, मानव बेचबिखन तथा ओसार पसार, यौनजन्य कसूर, बालबालिका अभियुक्त वा पीडित भएको मुद्दा, महिला बिरुद्धको हिंसा, जवर्जस्ती करणी, हाडनाता करणी वा पती पत्नीबिच चलेको मुद्दा वा अदालतले बन्द इजलासमा सुनुवाई गर्न उचित देखी आदेश गरेको अन्य मुद्दाको पुर्पक्ष बन्द इजलासमा हुन सक्नेछ र त्यस्तो इजलासमा अदालतले त्यस्तो मुद्दासँग सम्बन्धित पक्ष, सम्बन्धित कानून व्यवसायी, अदालतका कर्मचारी र अदालतले आवश्यक देखेका अन्य ब्यक्ति बाहेक अरुलाई प्रवेश निषेध गर्न सक्नेछ ।